प्रमुख निर्वाचन आयुक्तले भने – ‘रास्वपा दर्ता खारेजीको कानुन बमोजिम टुंग्याउनुपर्छ’-Sutra News

प्रमुख निर्वाचन आयुक्तले भने – ‘रास्वपा दर्ता खारेजीको कानुन बमोजिम टुंग्याउनुपर्छ’

शुक्रबार, २० माघ २०७९

शुक्रबार, २० माघ २०७९

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दल दर्ता खारेजीको कानुन बमोजिम टुंग्याउनुपर्ने बताएका छन् । शुक्रबार आयोगले काठमाडौंको मल्ल होटलामा आयोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् ।



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दर्ता खारेजको माग गर्दै युवराज सफलले केही दिन अघि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले रास्वपाका सभापति रवी लामिछानेको नागरिकता नेपाली नदेखिएको भन्दै सांसद, उपप्रधानसहित गृहमन्त्री पद खारेज गरेको थियो । त्यसपछि दल दर्ता पनि खारेजीका लागि पनि निवेदन परेको थियो । यसै बिषयमा सोधिएको प्रश्नमा थपलियाले उक्त निवेदनलाई कानुनले तोकेको क्षेत्राधिकारभित्र प्रवेश गरेर टुंगो लगाइने बताए ।

उनले भने – ‘राजनीतिक दल दर्तासम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिएको छैन ।’उनले थपे – ‘राजनीतिक दल दर्तासम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस्। यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिँदैन’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट