राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु बालहठ हो – ज्ञानेन्द्र कार्की-Sutra News

राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु बालहठ हो – ज्ञानेन्द्र कार्की

शुक्रबार, २० माघ २०७९

शुक्रबार, २० माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।



शुक्रबार सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् । उनले आफ्नो पार्टीले सत्ता खोजेर नहिँड्ने तर त्यो आफैं आउने बताए । उनले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको पनि बताए ।

राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको पनि उनले बताए । उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट