सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । पार्टीका केन्द्रीय नेताहरू २ महिना कार्यकर्ता र जनताकहाँ जाने भएका हुन् ।
पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए ।
केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरिएको महराले बताए ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टी पंक्ति र जनतालाई भेट्ने योजना तय भएको जानकारी दिए । पार्टीको संगठनबारे स्थायी कमिटीमा व्यापक छलफल भएको उनले जानकारी दिए ।