राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार चयन गर्न बिपक्षी दलको बैठक बस्दै-Sutra News

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार चयन गर्न बिपक्षी दलको बैठक बस्दै

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक आज पनि बस्ने भएको छ ।



शनिवार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफनो पार्टीवाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफनो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरवारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन ।

यद्धपी, आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बिच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट