एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान कायमै-Sutra News

एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान कायमै

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

नेकपा(माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ ।



पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीका सबै जनवर्गीय सङ्गठन, जनसङ्गठन एवं सहायक सङ्गठनको बैठक आयोजना गर्ने निर्णय गरेको छ । सो बैठकसँगै पार्टीको प्रदेश तथा जिल्ला समन्वय समिति एवं स्थानीय समितिको बैठक आयोजना गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गएर घात तथा प्रतिघात गर्नेसम्बन्धमा पनि स्थानीय रुपमा नै समीक्षा गर्ने निर्णय बैठकले गरेको छ । जनतासँग जोडिएर पार्टीको समग्र अवस्थाको मूल्याङ्कन गरेर आगामी दुई महिनापछि केन्द्रीय समितिको बैठक बोलाइने प्रवक्ता महराले जानकारी दिए ।

सहमतिमा राष्ट्रपति

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अर्का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) सहितको सहमतिमा राष्ट्रपतिको चयन गरिने बताए । उनले सहमतिका आधारमा नै मुलुकका समस्या समाधान गर्ने सोच आफूहरुको रहेको र त्यसैका आधारमा आफ्नो मत राखेको उल्लेख गर्नुभयो । राष्ट्रिय सहमतिको कुरा गर्दा कोही कसैले पनि आत्तिन नहुने नेता पौडेलको भनाइ छ ।

प्रधानमन्त्रीको निर्देशन तल पठाइने

प्रवक्ता महराका अनुसार पार्टी दाहालको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्रीका रुपमा दिएकाे निर्देशनलाई पनि तल्ला समितिमा पठाइने छ । प्रधानमन्त्रीले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट