रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै-Sutra News

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै छन् ।नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहेका छन् ।



तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृहमन्त्री बनाउन इन्कार गरेसँग सत्तारुढ गठबन्धनमा चिसोपना बढिरहेका बेला लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् । सरकारबाट बाहिरिने या नबाहिरिने विषयमा आइतबार नै पार्टीले निर्णय लिने उनले बताएका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दै छु । म चाहन्छु, सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भए छ,’ फेसबुकमा लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट