प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, गृहको सट्टा प्रचण्डले गरे अर्को मन्त्रालयको प्रस्ताव-Sutra News

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, गृहको सट्टा प्रचण्डले गरे अर्को मन्त्रालयको प्रस्ताव

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार पार्टीको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।



उनीहरुबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। अब सरकारमा बस्नेकी नबस्ने भन्ने निर्णय गर्न आज बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।  गृहमन्त्रालय आफ्नो पार्टीलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पनि आइबार नै बस्दै छ ।

रास्वपाले गृहमन्त्रालय आफ्नै पार्टीको भागमा परेकोले आफूहरुले नै पाउनुपर्ने अडान राख्दै आइरहेको छ । प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन लामिछानेलाई प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट