काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले पार्टी कार्यालय बसुन्धरामा शुरु भएको छ । पुन गृहमन्त्रालय पाउनुपर्ने माग गरिरहेको रास्वपाले सरकार छाड्ने अभिव्यक्ति दिइरहेको छ ।
यसैबिषयमा ठोस निर्णय लिन बैठक बसेको हो । पार्टीको बैठक बस्नुअघि रवी लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए ।
आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । आज नै सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन पनि गर्दै छन् ।