चितवन-२ मा रबिको ठाउँमा आफूलाई निर्वाचित गर्नुपर्ने श्रेष्ठको माग-Sutra News

चितवन-२ मा रबिको ठाउँमा आफूलाई निर्वाचित गर्नुपर्ने श्रेष्ठको माग

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफूलाई निर्वाचित भएको घोषणा गर्न श्रेष्ठ आयोग पुगेका हुन् ।



गएको प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ मा श्रेष्ठ रबिसँग पराजित भएका थिए । निर्वाचनमा रबिले ४९ हजार ३ सय मत ल्याउदा श्रेष्ठले १४ हजार ९ सय ८८ मत ल्याएका थिए । उनले चितवन-२ मा आफू निर्वाचित भएको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट