काठमाडौं – सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएको भन्दै उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको बताए ।
संविधान जारी भएपछि सातवटा प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताए ।