प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि केहि दललाई टाउको दुखेको छ – धनराज गुरुङ-Sutra News

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि केहि दललाई टाउको दुखेको छ – धनराज गुरुङ

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको बताएका छन् । आइतबार बसेको तिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।



आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत तर केहि दललाई टाउको दुखेकोउनले बताए । पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए।

उनले मुलुकको मुहार बदल्न अव नेताहरु र नेताहरुको सोच बदलिन जरुरी रहेको धारणा राखे । उनले गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको अवस्थामा पहुँचवाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट