काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएकाे समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेकाे हाे ।
पार्टी सभापति रवी लामिछानेले बैठकको निर्णय सुनाउँदै पार्टीले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको बताए । नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहेका थिए । तर, आज पार्र्टीमा छलफलपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।