मिडियाप्रति रवि लामिछानेको आक्रोश – देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न आउनुहोस्-Sutra News

मिडियाप्रति रवि लामिछानेको आक्रोश – देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न आउनुहोस्

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले मिडिया सञ्चालक र सम्पादकप्ति आक्रोश व्यक्त गरेका छन् । आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकसकिएपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको बताए ।



उनले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौति दिए । प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेको भन्दै आफूलाई चरित्रहीन बनाएर समाचार लेखिएको बताए ।

गृहमन्त्रालय आफ्नो भागमा परेको र पार्टीले पठाएको मान्छे गृहमन्त्री हुने आफूहरूले बताउदा केही सञ्चारमाध्यमहरूले गलत समाचार लेखेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट