मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी – सांसद पौडेल-Sutra News

मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी – सांसद पौडेल

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।



उनले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताए । उनले भने “शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । यी काम सम्पन्न गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ । जनताले निर्वाचनमार्फत मिलेर जान मत दिएका छन् । एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ

देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको भन्दै उनले विद्यमान समस्यमा समाधानका लागि पनि सबै दल एक ठाउँमा उभिनुपर्नेमा बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट