राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया सञ्चालक र सम्पादकहरुले लेखेको हेडलाइनप्रति आक्रोश व्यक्त गरेका छन् ।
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकसकिएपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको बताए ।
केही निजि मिडियाहरुले अफवाह फैलाउनकै कारणले नचाहिने कन्टेन्ट लेखेको भन्दै उनले अबदेखि त्यस्तो लेखे आफूहरु यत्तिकै नबोल्ने र घेराउ गर्नसमेत आउन आउनसक्ने बताएका छन् ।
उनले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौति दिए । प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेको भन्दै आफूलाई चरित्रहीन बनाएर समाचार लेखिएको बताए ।