नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मुद्दालाई लिएर अदालतको आलोचना गरेका छन् ।
आइतवार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले रवि लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्च अदालतको फैसलाको आलोचना गरेका हुन् ।
“त्यतिमा सांसद गयो पार्टी प्रमुख गयो गृह मन्त्री र उपप्रधानमन्त्री गयो। न्याय भयो कि भएन। रवि लामिछानेलाई न्याय भएन भने न्याय कसलाई चाहिँ भयो त?” ओलीले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अदालतको फैसलाबाट कसैलाई फाइदा नपुग्ने टिप्पणी गरे।
“अदालतको काम न्याय दिने हो। यो फैसलाबाट कसले न्याय पायो मैले बुझिनँ,” उनले भने।