राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग ३० हजार बढी मतले पराजित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् ।
वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने आफू भएको भन्दै उनले निर्वाचन आयोगले स्वीकार्नुपर्ने उनको तर्क छ ।
४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उनले माग गरेका छन् ।
‘कानुनको नजरमा उनी निर्वाचित सांसद होइनन्’, श्रेष्ठले भने, ‘उपनिर्वाचन हुन विधिवत निर्वाचित भएको हुनुपर्दछ ।’ उनले भने ।