लामिछानेको ‘धम्की’ले पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए- पत्रकार महासंघ [पत्रसहित]-Sutra News

लामिछानेको ‘धम्की’ले पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए- पत्रकार महासंघ [पत्रसहित]

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार दिएको अभिव्यक्तिको विषयलाई लिएर नेपाल पत्रकार महासंघले विज्ञप्ति नै निकालेर आपत्ति जनाएको छ ।



देशको चौंथो ठूलो दलका अध्इक्ष र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यत्तिले संयम गुमाएर अभिव्यक्ति दिएको महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट