विन्ध्यवासिनी फाउन्डेसनको सम्मान घोषणा, को-को हुँदैछन् सम्मानित?-Sutra News

विन्ध्यवासिनी फाउन्डेसनको सम्मान घोषणा, को-को हुँदैछन् सम्मानित?

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

माघ २१ गते सम्पन्न भएको बिन्ध्यवासिनी फाउण्डेसन को नवौं बार्षिक भेलाले मुक्तिनाथ विकास बैंक को प्रस्तुति,रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा सम्मानित हुने व्यक्तित्वहरुको नाम अनुमोदन गरेको छ ।



बिन्ध्यवासिनी फाउण्डेसन का सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानको स्मरणमा “प्रेमध्वज संगीत रत्न सम्मान”बाट रु. २५,०० नगद सहित गायक श्री भबीन ढुङ्गानालाई सम्मान गर्ने निर्णय भएको छ ।

संगीत साधना सम्मान २०७९ बाट रू ५०,००० नगदसहित वरिष्ठ गायिका शुक्मित गुरूङ्, बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०७९ बाट रू २५,००० नगदसहित पत्रकार नरेश भट्टराई, बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०७९ बाट रू.१,००,००० नगद सहित संगीतकार प्रकाश गुरूङलाई सम्मान गर्ने निर्णय भएको छ ।

त्यस्तै बिन्ध्यवासिनी म्युजिक अवार्ड को १३औं संस्करण २०७९ चैत्रमा सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट