नेपाल टेलिकमले भोलिदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थाल्ने भएको छ ।
१९औँ मा कम्पनीले फाइभजीको आन्तरिक परीक्षण गर्न लागेको हो ।
यसका लागि बबरमहल र सुन्धारामा आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण सम्पन्न भइसकेको छ । अब कम्पनीले आन्तरिक रुपमा फाइभजी परीक्षण गर्न लागिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।