राष्ट्रपति भण्डारीले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने-Sutra News

राष्ट्रपति भण्डारीले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

सोमबार, २३ माघ २०७९

सोमबार, २३ माघ २०७९

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् ।



दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ । निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट