काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले निष्फिक्री बोलेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले लामिछानेको समर्थनमा बोल्दै यस्तो बताएका हुन् । उनले भनेका छन् – ‘रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’
आइतबार लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको थियो । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सो निर्णयपछि रास्वपाका सबै मन्त्रीले राजिनामा पनि दिएका थिए । पार्टीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौति दिएका थिए ।
उनले प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेकोर आफूलाई चरित्रहीन बनाएर समाचार लेखिएको भन्दै मिडियाप्रति आक्रो पोखेका थिए ।