सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्नुपर्छ – प्रधानमन्त्री प्रचण्ड-Sutra News

सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्नुपर्छ – प्रधानमन्त्री प्रचण्ड

सोमबार, २३ माघ २०७९

सोमबार, २३ माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्ने बताएका छन् । सोमबार महान्यायाधिवक्ता कार्यालयको अवलोकन तथा निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।



सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

यस्तै उनले प्रधानमन्त्री कार्यालयमा सरकारी वकिलको एकाइ राख्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट