आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन – शेखर कोइराला-Sutra News

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन – शेखर कोइराला

सोमबार, २३ माघ २०७९

सोमबार, २३ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सरकारमा सहभागी नहुने बताए ।



राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने उनको भनाई थियो । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएकोले यसमा राष्ट्रिय सहमतिको प्रयास गरिने बताए ।

लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । उनले भने – “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट