काठमाडौं – अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन भारतको हैदराबादमा अवस्थित स्टूडियो रामोजी फिल्म सिटीबाट शुरु गरिएको छ ।
क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि छायांकन शुरु गरिएको अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । एक भिडियोमार्फत उनले यसको जानकारी दिएकी हुन् । फिल्ममा नेपाली कलाकार र साउथ फिल्मका कलाकार रहेका छन् ।
फिल्ममा नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा लगायतको अभिनय रहनेछ ।