एमाले केन्द्रीय कमिटी बैठक स्थगित-Sutra News

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

सोमबार, २३ माघ २०७९

सोमबार, २३ माघ २०७९
uml

नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।



नेकपा एमालेको यहीँ माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले जानकारी दिए ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने रिजालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट