माेरारी बापूले गरे लुम्बिनी दर्शन, रामकथा मंगलबारदेखि-Sutra News

माेरारी बापूले गरे लुम्बिनी दर्शन, रामकथा मंगलबारदेखि

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

भारतका प्रख्यात सन्त मोरारी बापू बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्न आएका बापुले मायादेवी मन्दिरको दर्शन गरेका छन ।



पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक ९मार्कन स्टोन०, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन। ञपवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शांति र परम आनंदको अनुभूति भईरहेको छ । म आफूलाई एकदम शौभाग्यशाली अनुभव गर्दैछुझ  सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा समेत गरे ।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू आएका हुन ।  रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ । वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएका हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट