कर्णाली र सुपमा सेनाद्धारा ६ महिनामा ४१ सुत्केरीको उद्धार-Sutra News

कर्णाली र सुपमा सेनाद्धारा ६ महिनामा ४१ सुत्केरीको उद्धार

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

काठमाडौं- नेपाली सेनाको पश्चिम वेश सुर्खेतबाट चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको छ ।सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णालीका विकट जिल्लाहरूबाट तत्काल हवाई उद्धार गरेर ४१ जनाको ज्यान जोगाएको हो । उपरथी हिरालाल जोशीले दिएको जानकारी अनुसार गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।



कर्णालीका २६ र सुदूरपश्चिमका १५ जनालाई उद्धार गरिएको हो, जसमध्ये डोल्पाबाट ४, मुगुबाट २, दैलेखबाट ६, हुम्लाबाट २ र रुकुमबाट ३ जना रहेका छन् । यस्तै जुम्लाबाट १, कालीकोटबाट ३ र जाजरकोटबाट ५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको हो । सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी घाइते भएका १४ जनाको हेलिकोप्टरबाट उद्धार गरेको छ भने त्रिपाल, खाद्यान्नलगायत १४ हजार ७ सय ३५ केजी राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट