मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिदैँ-Sutra News

मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिदैँ

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

जनकपुर, २४ माघ -मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।



माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन ।मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादवर अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट