मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ ।
सो फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय छ । पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि “कमब्याक” भएका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गर्न थालेका छन ।
बलिउडका चलचित्र समिक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।