रविलाई गृहमन्त्रालय नै दिएर सरकारमा फर्काउने तयारीमा प्रचण्ड-Sutra News

रविलाई गृहमन्त्रालय नै दिएर सरकारमा फर्काउने तयारीमा प्रचण्ड

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

डेढ महिना नहुँदै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने तयारी भएको छ ।



समर्थन तत्काल नगर्ने तरिकाले सरकारबाट केही दिनअगाडी मात्रै बाहिरिने निर्णय गरेको रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा ल्याउने गरि तयारी भइरहेको हो ।

प्रचण्डनिकट स्रोतका अनुसार उनलाई पुन गृहमन्त्रालय नै दिने गरी सरकारमा ल्याउने तयारी भइरहेको छ ।

सरकारबाट बाहिरीए पनि समर्थन फिर्ता नलिएका कारण प्रचण्ड सरकार संकटमा भने छैन । त्यस्तै सूचना तथा संचारमन्त्री रेखा शर्माले पनि रास्वपालाई सरकारमा ल्याउने कोशिस भइरहेको जानकारी दिइन् ।

रविलाई सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल भइरहेको समेत उनले जानकारी दिएकी छन् ।

रविले गृहमन्त्रालय नपाउने भएपछि सरकार छाडेको कतिपयले विश्लेषण पनि गरेका छन् ।

माओवादीले सरकारमा ल्याउने पहल गरेपनि रविले भने आफूले उपचुनाव नजितेसम्म कुनै पदमा नबस्ने घोषणा गरिसकेका छन् ।

नागरिकता विवादमा मुछिएका रविलाई सर्वोच्चले मन्त्री र सांसद पद नरहने गरेर फैसला गरेको थियो । उनले गत प्रतिनिधिसभा निर्वाचन-२ बाट जितेको ठाउँबाट उपचुनाव भिड्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट