विश्वासको मत लिँदै सुदुरपश्चिम सरकारः नाउपाले मत नदिने, संकटमा मुख्यमन्त्रीकाे पद-Sutra News

विश्वासको मत लिँदै सुदुरपश्चिम सरकारः नाउपाले मत नदिने, संकटमा मुख्यमन्त्रीकाे पद

बुधबार, २५ माघ २०७९

बुधबार, २५ माघ २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिने तयारीमा छन् । बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम छ ।



सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले थुनामा रहेका रेशम चौधरी र भर्खरै पक्राउ परेका सांसद् अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले सरकारको थुनामा रहेका रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने आफ्नो माग पूरा गर्नुको साटो निर्दोष अरूण चौधरीलाई थुनामा राख्ने हर्कतका कारण सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्।

यस्तो अवस्थामा मुख्यमन्त्री रावलले विश्वासको मत पाउनेमा शंका गरिएको छ। नाउपाले समर्थन फिर्ता लिए सरकार स्वतः अल्पमतमा पर्ने छ। गत पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री रावलले संविधानतः माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ। एमालेले केन्द्रबाट नै नाउपालाई फकाउने कोसिस गरेपनि सफल भएको छैन। आज (बुधबार) १ बजेसम्म नाउपालाई फकाएर विश्वासको मत दिने वातावरण नबनाए मुख्यमन्त्री रावलको पद नै धरापमा पर्ने छ।

नागरिक उन्मुक्तिको समर्थन नभएकाले अहिलेसम्म मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । पुस २८ गते मन्त्रीमा नियुक्त गरिएका माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोषकुमारी शर्मा थापालाई जिम्मेवारी दिइएको छैन। ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नगारिक उन्मुक्तिका ७ र राप्रपाका १ गरेर २९ सदस्यको समर्थन जुटाएर रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नागरिक दैनिकमा  खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट