एमालेलाई कच्चा खेलाडी नसम्झन प्रचण्डलाई चेतावनी-Sutra News

एमालेलाई कच्चा खेलाडी नसम्झन प्रचण्डलाई चेतावनी

बुधबार, २५ माघ २०७९

बुधबार, २५ माघ २०७९

काठमाडौं – नेकपा एमालेका नेता विशाल भट्टराईले नैतिक रुपमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन नमिल्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रममा नेता भट्टराईले एमालेलाई कच्चा खेलाडी नसम्झन पनि प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिए ।



बालकोटमा ६ जना शीर्ष नेताको बीचमा आफ्नो पार्टीले राष्ट्रपति पाउने सहमती भएको कुरा गर्दै उनले यदि राष्ट्रपति नदिए प्रचण्ड पनि प्रधानमन्त्री नरहने उनले बताए । एमालेले सभामुख र राष्ट्रपति पाउने लगायत प्रदेशमा साझेदारीको सहमति भएको उनले बताए ।

लिखित समझदारी नभएपनि हुन्छ भनेर सहमती भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सहमति ठाडै उल्लंघन गर्दै अर्कालाई भोट हाल्न लगाउने जस्तो आफूलाई नलागेको भन्दै भट्टराईले उनलाई सत्य बोल्ने हिम्मत र साहस रहेको बताए । गठबन्धन टुटाएर कांग्रेसतिर गए प्रचण्डको एउटा हातमा सीमित हुने उनले दाबी गरे । उनले कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षे प्रधानमन्त्री हुन्छु भन्नु अनुचित हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट