मेक्सिकोले टर्कीको भुकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरु पठायो-Sutra News

मेक्सिकोले टर्कीको भुकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरु पठायो

बुधबार, २५ माघ २०७९

बुधबार, २५ माघ २०७९

मेक्सिको। मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ ।



मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र  तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन । ‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भुकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने ।

सो उडानमा मेक्सिकन सेनाका खोज र उद्धार विशेषज्ञहरूसहित तालिम प्राप्त कुकुरहरु पनि रहेका छन । उनीहरुले टर्कीको भग्नावशेषको खोजतलास गर्नुको साथै भग्नावशेष भित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट