काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा कांग्रेस रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्ने दाबी गरे ।
एमालेबाट उठ्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउन आफूहरुले सक्दो प्रयास गर्ने उनले बताए । राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएको भन्दै नेता थापाले राष्ट्रपतिप्रति आँखा नलगाउन ओली भनेपनि आँदा लगाउने बताए ।
पत्रकार सम्मेलनमा रवि लामिछानेले बोलेको भाषा सुनिएको भन्दै नेता थापाले सार्वजनिक पदमा रहने व्यक्तिले अरूको गाली पचाउन सक्नुपर्ने बताए । आफूमाथि कयौँ गाली आउँदा पनि आफूले प्रतिकार नगरेको उनले बताए ।