कांग्रेसलाई बिपक्षी दल नबनाउन दायर रिटमा कारण देखाउ आदेश जारी-Sutra News

कांग्रेसलाई बिपक्षी दल नबनाउन दायर रिटमा कारण देखाउ आदेश जारी

बुधबार, २५ माघ २०७९

बुधबार, २५ माघ २०७९

काठमाडौं, २५ माघ -नेपाली कांग्रेसलाई प्रतिपक्ष सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश सपनामल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।



अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुबिधा दिन नहुने भन्दै अधिवक्ता पोखरेलले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट