काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।
सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।
अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।