मुम्बई । माइक्रोबलिंग प्लेटफर्म टविटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा टविटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ । बेब युर्जसको टविटर ब्लुका प्रयोगका लागि
मासिक ६५० भारतीय रुपैयाँ दिनु पर्ने नियम बनाएको तर मोबाइल प्रप्रयोगकर्ताले भने प्रति महिना ९५० भारतीय रुपैया दिनु पर्नेछ ।एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा टविटर खरिद गरेका थिए, उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिंग प्लेटफर्ममा धेरै परिवर्र्तन गरिरहेका छन । एलन मस्कले पछिल्ला दिनमा टविटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै दिईने छैन, सो शुल्क लिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ ।
टविटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा टविटर ब्लुको सेवा सुरु गरिसकेको छ । यी देशमा टविटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिदैँ आएको छ । जसअनुसार यी देशले प्रतिबर्ष अमेरिकन ८४ डलर टविटरलाई दिनुपर्ने हुन्छ ।