प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि-Sutra News

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

बिहिबार, २६ माघ २०७९

बिहिबार, २६ माघ २०७९

काठमाडौं, २६ माघ । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाको कारोबार भएको छ ।



यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट