अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै पर्यटनमन्त्रीले भने – ‘विमानस्थलको सुधार हुँदै गएकोले धेरै खुशी लागेको छ’-Sutra News

अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै पर्यटनमन्त्रीले भने – ‘विमानस्थलको सुधार हुँदै गएकोले धेरै खुशी लागेको छ’

बिहिबार, २६ माघ २०७९

बिहिबार, २६ माघ २०७९

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । बिहिबार अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताए ।



उनले विमानस्थलको सुधार हुँदै गएकोले आफूलाई धेरै खुशी लागेको बताए । उनले भने यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।

उनले विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने उनको भनाई छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उनले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट