काठमाडौं – पछिल्लो समय अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ को चर्चा छ । यो फिल्मको छायांकन पनि सुरु भइसकेको छ । फिल्मको छायांकन भारतको हैदराबादमा अवस्थित स्टूडियो रामोजी फिल्म सिटीमा भइरहेको छ । फिल्ममा नेपाली कलाकार र साउथ फिल्मका कलाकार रहेका छन् ।
फिल्ममा देखिने ब्रह्मानन्दम र अली, ‘पुष्पा’का भिलेन सुनिल वर्माको पनि नयाँ लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा रविन्द्र झा पनि देखिएका छन् । ब्रह्मानन्दमले ढाकाटोपी, कुर्था र धोती लगाएका छन् भने अलि राजस्थानी लुक्समा देखिएका छन् ।
फिल्ममा नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा लगायतको अभिनय रहनेछ ।