शाहरुख खानको फिल्म ‘पठान’ को संसदमै चर्चा, मोदीले गरे खुलेरै प्रशंसा-Sutra News

शाहरुख खानको फिल्म ‘पठान’ को संसदमै चर्चा, मोदीले गरे खुलेरै प्रशंसा

बिहिबार, २६ माघ २०७९

बिहिबार, २६ माघ २०७९

काठमाडौं – पछिल्लो समय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को निकै चर्चा छ । गत जनवरी २५ मा रिलिज भएको फिल्म पठानले पहिलो दिनदेखि नै धमाकेदार कमाई गर्दै आइरहेको छ । यो फिल्म इतिहासमा सबैभन्दा कम समयमा धेरै कमाउने फिल्म पनि बनिसकेको छ ।



यसैबीच फिल्म पठानको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रशंसा गरेका छन् । मोदीले संसदको हालैको भाषणमा फिल्म ‘पठान’को प्रशंसा गरेका हुन् । मोदीले लामोसमयपछि कश्मीरको श्रीनगरका थिएटर हाउसफुल चलिरहेको पनि बताए । मोदीले यी कुराहरु गरेपछि मोदी बोलेको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि “कमब्याक” भएका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गर्न थालेका छन ।सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । यस फिल्ममा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।

अभिनेता शाहरुख वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट