काठमाडौँ – नेकपा एमालेका नेता लेखराज भट्ट डिल्लीबजार कारागार पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेपछि नेता भट्ट रेशम चौधरीलाई भेट्न कारागार नै पुगेका हुन् । उनले त्यहाँ पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेको एक नेताले बताए।
नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने बताइसकेकी छिन् । आफूहरुको माग र मुद्दा सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष चौधरीले बताइसकेकी छिन् ।
आज दिउँसो १ बजे विश्वासको मत लिन बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सारिएको छ । यसैबीच नेता भट्ट नागरिक उन्मुक्तिलाइृ फकाउन कारागार नै पुगेका हुन् ।