सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बताएअनुसार बैठक ९ बजे बस्नेछ ।
बिहीबारका लागि बोलाइएको संयन्त्रको बैठक संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो।
फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ।