शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दी, नेपालमा नोटबन्दीसम्मको ग्रहयोग बन्दै-Sutra News

शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दी, नेपालमा नोटबन्दीसम्मको ग्रहयोग बन्दै

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

सुरेशचन्द्र रिजाल । आकाशमा छरिएर  रहेका ग्रहहरुका परिवर्तनसँगै यसले पार्ने प्रभाव क्रमशः सामाजिक, आर्थिक, राजनैतिक र पारिवारिक रुपमा कर्मअनुसार फरक–फरक ढङ्गबाट सकारात्मक र नकारात्मक प्रभाव परिरहेको हुन्छ।



ज्योतिषीय गणनाअनुसार शनि ग्रहले धनु राशिदेखि मीन राशिसम्म गोचर गर्ने समयमा विश्वले ठूलै आर्थिक मन्दीको सामना गर्नुपरेको खगोलीय अनुसन्धानबाट पत्ता लागेको छ । शनि ग्रहलाई धनु राशिबाट मीन राशिसम्मको गोचर भ्रमण पूरा गर्न करिब १० वर्षको समय लाग्नेछ।

अहिले नेपाल लगायत विश्वले नै शताब्दीकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नु परिरहेको छ । २०१७ फेब्रुअरी १६ अर्थात् २०७३ फागुन ५ गतेदेखि शनि ग्रहले धनु राशिको गोचर प्रारम्भ गरेको पञ्चाङ्गमा उल्लेख गरिएको छ । शनिले मीन राशिको गोचर पूरा गर्न अझै  २०८३ को अन्त्य सम्म कुर्नु पर्नेछ ।

ज्योतिषीय गणनाअनुसार २०७३ देखि २०८३ सम्म नेपालमा आर्थिक मन्दीको समय रहने योग निर्माण भएको छ । यस्तो अवस्थामा सरकारले नोटबन्दीको निर्णयसमेत गर्नसक्ने ग्रहयोगले देखाएको छ । यसको प्रभाव राजनीतिमा पनि अधिक रुपमा देखिने छ । वैदेशिक व्यापार  घाट पनि यथावत् रहिरहनेछ ।

यसअघि सन् १९२९–१९३९ बीचको एक दशक विश्वमा ठूलो आर्थिक मन्दी छाएको थियो, त्यसलाई महामन्दी (द ग्रेट डिप्रेसन) भनियो । सन् १९२९ अक्टोबर २९ मा अमेरिकी सेयर बजार गिरावटबाट भएसंगै महामन्दीको अनुभूति गरिएको थियो । यसले विश्वका अधिकांश देशको अर्थतन्त्रलाई नराम्रो असर पारेको थियो । यो समयमा पनि पनि शनिको गोचर धनुराशिमा नै थियो भने अन्त्य हुनेबेला शनि मीन राशिमा रहेको ज्योतिषीय गणनाबाट पत्ता लागेको छ ।

यसका आधारमा हेर्दा हरेक ९० देखि एक सय वर्षको अवधिमा यस्तो समय आउने गरेको ज्योतिषीय गणनाले पुष्टि गरेको छ । यसवर्ष माघ २७ गतेबाट शनिको राशि परिवर्तन भएका छ । शनिको राशि परिवर्तनपछि दुई वर्ष ६ महिना शनिले कुम्भ राशिमा गोचर गर्नेछन् । शनिले मीन राशिको गोचर पूरा गर्न अझै ५ वर्ष लाग्नेछ । देशले अझै ५ वर्ष आर्थिक मन्दीको सामना गर्नुपर्ने ग्रहयोगले देखाएको छ ।(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट