काठमाडौं – नागरिक उम्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ रेशम चौधरीलाई भेट गर्न डिल्लिबजार कारागार पुगेकी छन् । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी नभएकी श्रेष्ठ डिल्लिबजार कारागार पुगेकी हुन् ।
उनीहरुबीच अहिले संवाद भइरहेको जनाइएको छ । आजको संयन्त्रको बैठकमा जनमत पार्टी पनि सहभागी भएन । रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ ।