काठमाडौं । विभिन्न चारवटा कम्युनिष्ट पार्टीहरुले पार्टी एकता गर्ने विषयमा छलफल थालेका छन् ।नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहूती नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले पार्टी एकताका लागि छलफल थालेको जानकारी दिएका छन् ।
उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् । पार्टी एकताका लागि छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने भन्दै उनीहरुले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी १५ फागुनमा बैठक बस्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।