माओवादीले भन्यो- गठबन्धन जोगाउने नजोगाउने भन्नेमा एमाले निर्णायक हो-Sutra News

माओवादीले भन्यो- गठबन्धन जोगाउने नजोगाउने भन्नेमा एमाले निर्णायक हो

शनिबार, २८ माघ २०७९

शनिबार, २८ माघ २०७९

गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय  सदस्य गणेश साहले बताएका छन् ।



राष्ट्रपति निर्वाचनको बिषयमा माओवादी केन्द्रले स्वतन्त्र ब्यक्तीत्व खोजीरहेको बताउँदै नेकपा एमालेले पनि यस्लाइ साथ दिनेमा  उन्ले विश्वास ब्यक्त गरे ।

माओवादी केन्द्रको नामको सम्बन्धमासमेत छलफल भइइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।

मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट