लुम्बिनी प्रदेश: १० मन्त्रीको शपथ आज-Sutra News

लुम्बिनी प्रदेश: १० मन्त्रीको शपथ आज

आइतबार, २९ माघ २०७९

आइतबार, २९ माघ २०७९

लुम्बिनी प्रदेश सरकारमा १० सदस्सीय मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार ४ दल सहितका गरी शनिबार ९ जना मन्त्रीहरूलाई नियुक्त गरी जिम्मेवारी तोक्नु भएको हो । उहाँहरूको शपथ आज ९आइतबार० हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।



पुस २७ गते २ जना विना विभागीय मन्त्री सहित उहाँ मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ ९९० अनुसार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिनुभयो। अब प्रदेश सरकारमा १० जना मन्त्री रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त हुनु भएको छ । कार्य विभाजन अनुसार माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय,नेकपा एमालेका चेतनारायण आचार्य खानेपानी,ग्रामीण तथा सहरी विकास मन्त्रालय, माओवादी केन्द्रका इन्द्र जित थारु भौतिक पूर्वाधार विकास मन्त्रालय, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसै गरी माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय,एमालेका दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय,राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय,एमालेका तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्र केश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस अघि नियुक्त हुनुभएका एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विना विभागीय मन्त्री बनेका थिए । विना विभागीय मन्त्री केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा पाएको छ । गोरखापत्र दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट