काठमाडौं – आइतबार बसेको सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई पुनः सरकारमा सहभागी गराउने बिषयमा छलफल भएको छ ।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन रास्वपालाई आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले पुन सरकारमा सहभागी हुन औपचारिक आग्रह गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको छ । पार्टी कार्यालय बसुन्धारामा उपसभापतिसहित छलफलमा नेताहरु जुटेका छन् । पार्टी सभापति लामिछानेले पहिलाको सहमति अनुसार गृह मन्त्रालय कार्यान्वयन भए फर्कनसक्ने संकेत गरेको बताइएको छ ।
रास्वपा सरकारबाट बाहिरिएसँगै सत्ता गठबन्धन अप्ठयारोमा परेको छ ।गएको माघ १३ गतेको सर्वोच्च अदालतको आदेशपछि लामिछानेले सांसदसहित उपप्रधान र गहृमन्त्री पद गुमाएका थिए। पछि लामिछानेले पुन गृहमा आउन खोज्दा प्रधानमन्त्रीले वास्ता गरेका थिएनन् । प्रचण्ड नेतृत्वको सरकारको मन्त्रि मण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन् ।